अर्घाखाची । स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू प्रचारप्रसारका केन्द्रित भइसकेका छन् । उनीहरू आफ्ना पाँचवर्षे योजनाहरू घरघरमै पुगेर प्रस्तुत गरिरहेका छन । यस्तैमा, अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ मा (एमाले)बाट वडाध्यक्ष पदका उम्मेदवार खेमराज चुदाली नयाँ योजनाहरूसहित चुनावी दौडमा छन् । उनले गाउँघरमै कृषि व्यवसाय गरेर उद्यमी बनाउन कृषि क्रान्ति थाल्ने योजना तयार पारेका छन् । देश कृषिप्रधान भएकाले कृषिमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको अनुभव छ ।
उनी भन्छन्, ‘यहाँको धेरै युवाहरू वैदेशिक रोजगारमा छन्, जसका कारण गाउँघरमा काम गर्ने जनशक्तिको कमी छ, भएको जमिन बाँझो हुने अवस्था छ, ती जनशक्तिलाई कसरी स्वदेश फर्काउने र वडालाई कसरी व्यवसायिक कृषितर्फ लैजान सकिन्छ भन्ने योजना मैले अघि सारेको छु ।’
वडाको गुरुयोजना निर्माण
वडा नं ९ को समग्र विकासको लागि समस्या पहिचान गरी निराकरणतर्फ लाग्नेगरी उनले गुरुयोजना तयार पार्ने बताएका छन् । जसमा वडाका समस्या प्रष्टसँग लिपिवद्ध गरी वडाको समग्र दिगो विकासको अवधारणा तयार गरी त्यसको कार्यान्वयन गरिने छ । गुरुयोजना वडावासीसँग छलफल तथा विज्ञको सहयोगमा तयार पारिने छ । गुरुयोजनाले वडाका उत्पादनमुलक तथा विकासका कामलाई समेट्ने छ ।
कृषि विकास र पशुपालन
बीउ, मल, सिंचाई, बिजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरूमा वडाका सबै किसानले पाउने गरी कृषि अनुदानको व्यवस्था गरीने छ । अनुदानमा टाठाबाठा र पहुँचवालाको हालीमुहालीको अन्त्य गर्दै वास्तविक किसानलाई अनुदान उपलब्ध गराउन सबै निकायलाई सचेत गराउने मेरो जिम्मेवारी रहने छ । कर्मचारीको मिलेमतोमा कागजी किसानहरूले अनुदान रकमको अपचलनको माध्यमबाट गर्दै आएको भ्रष्टाचारजन्य कार्यको अन्त्य गर्न मेरो निरन्तर खबदारी रहने छ ।
हाम्रो वडा पशुपालनको लागि उपयुक्त भएको सबैलाई अवगत नै छ । अबको पाँच वर्षे कार्याकालमा व्यवसायिक पशुपालन गर्ने योजनालाई मैले जोड दिने छु । सहकारी÷समुदायमा आधारित वृहत पशुपालन जस्तै बाख्रा, भैँसी, गाई, बङ्गुर, कुखुरापालनलाई सहकारीको माध्यमबाट अगाडि बढाउनेछांै । यसबाट कृषि र पशुपालनाको विकाससँगै रोजगारी र आयआर्जनमा पनि लाभ मिल्ने छ । पशुपालनको लागि ओखेडाँडा, गैरागोठ (पुरानो स्कुल क्षेत्र) लगायत क्षेत्र प्रयोग हुनेछ ।
मसिना लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने
वडाको अग्लो भुभागमा रहेको मसिना लेक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन प्रयास गर्नेछौं । उक्त स्थानको वन क्षेत्र, वन्यजन्तु,पानिका मुहानको संरक्षण गरी पर्वतीय क्षेत्र विकास र व्यवस्थापनमा अगाडि बढाउनेछौं ।
सल्लाको रुख हटाई चिउरी र चिलाउनेका रुख रोप्ने
त्यस्तै, वडामा रहेका सामुदायिक वन–जंगलबाट आर्थिक आर्जन र रोजगारीको सम्भावना खोजिने छ । प्राय वनमा सल्लो मात्र रहेको हुनाले सल्लोलाई क्रमशः हटाई खण्ड–खण्ड गरी चिउरी, चिलाउने आदि लगाउने र कृषि वन तयार पारी वनबाट पनि आम्दानी लिने व्यवस्था मिलाउनेछौं । यसले मह उत्पादन बढाउने छ ।
घरघरमा खानेपानी र सिँचाइको व्यवस्था
९ नम्बर वडामा हाल २५ वटा खानेपानीका श्रोत संचालनमा छन् । जसबाट ११०० घरधुरी मध्ये ९५० घरधुरी लाभान्वित छन् । बाकिँ घरधुरी खाने पानीको पहुँचमा छैनन् । ती घरधुरीमा खानेपानीको पहुँच पु¥याइने छ । पछिल्लो समयि अव्यवस्थित सडक निर्माणका कारण खानेपानीका मुहान सुक्ने अवस्थामा छन् अब हामि तिनको संरक्षण र विकासमा ध्यान दिनेछौं । त्यस्तै, पानिको संरक्षणको लागि बर्खे÷आकाशे पानिको संकलन गरिने छ। ठाउँठाउँमा पानी संकलनको लागि पोखरी निर्माण गरिने छ । यस वडामा खानेपानीको पर्याप्तता भए अन्य वडामा पनि यहाँको मुहानको खानेपानी पठाइने छ ।
हाम्रो वडामा ठुल्ठूला खोला नाला नभएको कारण सिँचाईको अवस्था कमजोर छ । यद्यपी प्रत्येक घर धुरीमा आआफ्नो करेसाबारीमा नियमित उत्पादन गर्न खानेपानी र अन्य श्रोत पहिचान गरि पानीको आपूर्ती बढाउने छ । यसको लागि साना सिँचाईको योजना निर्माण गरिने छ ।
कक्षा १२ उतिर्ण गरेकालाई व्यवसायिक तालिम र सीप सिकाइने
हाम्रो शिक्षा पद्धति ब्यवाहरिक छैन । जहाँबाट १२ कक्षा पास गरेमा विद्यार्थीहरुले विभन्न ज्ञान हासिल गरि आफ्नो जिवन निर्वाहमा सदुपयोग हुनपर्ने हो । तर व्यवसायिक शिक्षाको अभावले यसलाई कार्यान्वयनमा ल्याउन सकिएको छैन । यसतर्फ अगाडि बढ्न हामि हाम्रा विद्यालयलाई व्यवसायिक शिक्षामुखी बनाउन प्रयत्न गर्नेछौं । सञ्चालनमा रहेका विद्यालयहरुमा विद्यार्थिको संख्या घटिरहेको हुँदा अभिभावकसँग छलफल गरिने छ ।
स्वास्थ्य चौकीको सुधार
वडामा रहेको स्वास्थ्य चौकी सुधार गरिने छ । नयाँ स्वास्थ्य चौकिलाई व्यवस्थापन गरी न्यूनतम स्वस्थ्य सुविधाको अवस्थामा सुधार ल्याउने छौं ।
पुर्वाधार तथा सडक निर्माणतर्फ
हामीले पाँच वर्षमा नुवाकोट–नरपानी मोटरबाटोलाई प्राथमिकतामा राख्ने छौं । मोटर बाटो निर्माण गर्न भुमिकास्थान नगरपालिकालाई दवाव दिनेछौ । केन्द्रिय तथा प्रदेश सरकारसँग लबिङ्ग÷छलफल गरी बजेट तर्जुमामा लाग्ने प्रतिज्ञा गर्दछौं । ५ वर्षभित्र नरपानि–नुवाकोट साना चारपांग्रे गाडि नियमित सञ्चालन गरिने छ । काठमाडौँ तथा बुटवलमा रहेको ढिकुरावासीको समेत सहयोग लिनेछौैं । अन्य बाटो–घाटो नियमित रुपमा सञ्चालन गरिने छ ।
सम्पदा संरक्षण र जेष्ठ नागरिक भवन निर्माण
वडामा सामुदायिक भवन, जेष्ठ नागरिक भवन, मठ–मन्दिरको हेरचाह र निर्माणको लागि पहल गरिने छ ।
सहकारीको माध्यमबाट कृषिको विकास
यस वडामा रहेका सहकारी संस्थाहरुलाई सक्रिय रुपमा परिचालन गरी व्यवसायिक रुपमा उत्पादन गरिने छ । त्यसको बजारीकरणको यव्यवस्था मिलाइने छ सहकारी संस्थाका आ–आफ्ना भवन निर्माण गराउन सहयोग गर्नेछौं । व्यवस्थित रुपमा सहकारी संचालन गरी आय आर्जन गरी आर्थिक उन्नति वृद्धी गर्न प्रयत्न गर्नेछांै । उत्पादनको व्यवसायिकिकरण र बजारीकरणको लागि बुटवल तथा काठमाडौँमा रहेका ढिकुराबासीलाई समेत सरिक गराइने छ । साथै उहाँहरको ज्ञान, सीप र सहकार्य गर्नेछौ । अमेरिका, यूरोप, जापान आदि देशमा रहेका ढिकुरावासीको पहिचान गरी हाम्रो ढिकुरा, राम्रो ढिकुरा र उत्पादनशिल ढिकुरा, मेहेनती ढिकुराको रुपमा चिनाउन प्रयत्न गर्नेछौं । त्यस्तै वडामा रहेका सहकारी संस्थाहरु मार्फत सस्तो पसलको अवधारणा तयार गरी सञ्चालनमा ल्याउनेछौं ।
त्यस्तै, अनलाईनबाट विद्युत महसुल बुझाउन सकिने व्यवस्था मिलाइने छ । वडामा नियमित, भरपर्दो र गुणस्तरिय विद्युत सेवाको लागि नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरिने छ । सामुदायिक विद्युतलाई व्यवस्थित गरिने छ । ग्राहकको बैँक खाता खोलि ईन्टरनेटको माध्यमबाट घर बसेर बिल भुक्तानि गर्ने मिल्ने व्यवस्था मिलाइने छ । कल्पिक उर्जासँग समन्वयन गरी विद्युतिय चुलोको प्रवद्र्धन गरिनेछ । By: Bhuban kc source: dainikeenews.com
यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।