अर्घाखाँचीबाट भोलीदेखि लामो दूरीका सबै सार्वजनिक यातायात सञ्चालन हुने

अर्घाखाँची जिल्ला बाहिर भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्। 



जिल्लाबाट जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर भोलि शनिबारदेखि मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका हुन् । उता  राजधानी काठमाडौंमा पनि त्यहाँको जिल्ला प्रशासन कार्यालयले लामो दूरीका सवारीसाधन चल्न दिने भएको छ । 

साथै यातायात व्यवसायीलाई तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन एवं यात्रुलाई अनिवार्य टिकट काटेर यात्रा गर्न आग्रह गरिएको छ । 


वैदेशिक रोजगार तथा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएको लगायतका कारणले गर्दा मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने बताइएको छ । 

अर्घाखाँचीभित्र भने यसअघि नै  सार्वजनिक बस सञ्चालनमा आइसकेका छन्।

जिल्लामा नवौ पटक पुन: साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ। गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो । 


News Source : Arghakhanchi.com
यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc