सन्धिखर्कमा दलित र श्रमजीवीहरुको अगुवाइमा आफ्नो साँस्कृतिक पहिचान सहित बिरोध प्रदर्शन

 

अशोक खनाल ,सन्धिखर्क।
अर्घाखाँची,फाल्गुन १० - नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) निकट जनबर्गिय संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल दलित मुक्ति संगठन अर्घाखाँची ले जिल्लाको सदरमुकाम सन्धीखर्क मा प्रधानमन्त्री केपि शर्मा ओलि को असंबैधानिक कदम को विरुद्ध संयुक्त बिरोध प्रदशन गरेका छ्न।

सन्धिखर्क को बसपार्क बाट बाजाघाजा सहित निस्केको बिरोध जुलुस शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।उक्त कोण सभालाई दलित मुक्ति संगठन का संयोजक बिष्णु परियार गोकुल , जंग बहादुर परियार , डेम बहादुर नेपाली तथा ट्रेड युनियन का नेता हरु काजीमान रायमाझी बाबुराम भुसाल लगाएतका नेता हरुले सम्बोधन गरेको कार्यक्रम को संचालन सन्जु नेपाली ले गरेका थिए ।

उता नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अर्घाखाँचीले प्रधानमन्त्री केपि शर्मा ओलि ले पौष ५ गते गरेको असंबैधानिक कदम को विरुद्ध दैनिक जसो बिरोध गर्दै आइ रहेको छ बिरोध कै क्रममा आज जिल्ला को शान्ति बगैंचा मा रहेको शान्ति बाटिकामा उक्त असंबैधानिक कदमको विरुद्ध हस्ताक्षर संकलन समेत गरेको छ हस्ताक्षर संकलनमा जिल्ला स्थित नेता तथा कार्यकर्ता को बाक्लो उपस्तिथि रहेको थियोे ।


News Source : Arghakhanchibulletin.com
यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc