काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले हाल राजीनामा नदिने बताएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै अघि बढ्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् ।
यस्तो छ थापाको प्रतिक्रिया:
‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’