दिल्लीमा प्रहरीसँगको झडपमा एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द

 दिल्लीमा प्रहरीसँगको झडपमा  एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्ददिल्लीमा प्रहरीसँगको झडपमा  एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द


नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु भएको छ ।

मृतक उत्तराखण्डको बाजपुरका नवनीत सिंह रहेका छन् । प्रहरीसँगको झडपको क्रममा उनको मृत्यु भएको हो । यस्तै अन्य चारजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको टाउकोबाट रगत बगिरहेको छ । आन्दोलनका क्रममा किसानले सडकमा राखिएको डिभाइडर तोड्ने कोसिस गरिरहेका छन् ।

प्रहरीले निरन्तर अश्रुग्यासको गोली हानिरहेको छ । टाढा–टाढा सम्म पनि लगातार अश्रुग्यासको गोलीको आवाज सुनिएको छ । प्रहरीले दिल्लीका विभिन्न सडक बन्द गरेको छ । प्रदर्शन र आन्दोलन बढेसँगै त्यस क्षेत्रको इन्टरनेट बन्द गरिएको बीबीसीले जनाएको छ । एजेन्सी

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc