अर्घाखाँचीमा बाबुले गरे आफ्नै २ बर्षिय छोरीको हत्या

श्याम  घिमिरे, माघ १३ अर्घाखाँची -अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडानं.२ सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानिय २४ बर्षिय शन्तोष घिमिरेले आफ्नै २ बर्षिय छोरी सृष्टि घिमिरेको आज (मंगलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ईन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।


बिगत केही महिना देखि श्रीमती संगको घरायसी बिवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन, बाबु संगै बसेकी २ बर्षिय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेत सहित अहिले प्रहरी घटनास्थलमा पुगीसकेको छ ।

घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

सन्धिपोस्ट्बाट साभार


यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc