खानेपानीमन्त्री मणि थापाले सम्झिए 'श्री ५ को सरकार' (भाइरल भिडियो )

काठमाडौं । खानेपानी तथा केपी ओली समूहका नेता मणि थापाले नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्दै सम्बोधन गरेका छन् ।

पार्टीको कार्यक्रममा सुर्खेत पुगेका मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ।

उनले सम्बोधनको सुरुमा 'सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु' भने। त्यसपछि थापाले, 'सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,' भनेका थिए ।

मञ्चमा बसेकाहरुले  गलत बोलेको भनेपछि उनले  'ए सरी नेपाल सरकारको तर्फबाट' भनेर बोली सच्याएका थिए । मन्त्री थापाले सम्बोधनका क्रममा अरु केही कुराहरु पनि थपे ,'०६५ मा गणतन्त्र आएपछि श्री ५ सरकार भन्ने चलनको अन्त्य भएर नेपाल सरकार भनिँदै आएको छ। 'नेपालमा २००७ सालदेखि  राजनीतिक क्रान्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो।’ उनले थप्दै गए 'नेपाली जनताले आफनै देशमा बास,गाँस, कपास पाउनुपर्छ ।  जनताले आफनै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनुपर्छ  । आर्थिक समृद्धिमा आफूहरु जसरी पनि पुग्नु पर्छ । अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ। नयाँ आन्दोलनको गुण छ।’

अझ उनले प्रचण्ड र माधव नेपालले देशलाई अस्थिरतातर्फ लैजाने कोसिस गरिरहेको आरोप समेत लाउन भ्याए  । यद्यपी, आफुलाई मन्त्री पद दिलाएको भएर होला प्रधानमन्त्री ओलीको भने खुलेर तारिफ गरिरहे र भने ,‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोजे । अब चुनावको विकल्प बाहेक अरु छैन ।' 


Video 

 

 

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc