सदनदेखी ह्वाइटहाउससम्म डेमोक्रेट्सको नियन्त्रण
रियलखबर, ७ जनवरी अमेरिकी संसदको संयुक्त बैठकले जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति भएको औपचारिक घोषणा गरेको छ । यससँगै कमला ह्यारिस उपराष्ट्रपति भएको अनुमोदन पनि उक्त बैठकले गरेको छ । ट्रम्प समर्थकको विरोधका कारण हिजो बुधबार ढिलो शुरुभएको संसदको संयुक्त बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माईक पेन्सले उक्त घोषणा गरेका थिए । बाईडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको र नयाँ राष्टपतिको रुपमा बाईडेनले आगामी जनवरी २० मा सपथग्रहण गरेर ह्वाईहाउसबाट कार्यभार सम्हाल्ने छन् ।
यो घोषणासँगै टम्पले शक्ति हस्तान्तरण विधिवतरुपमा गरिने बचन दिएका छन् । निर्वाचनको परिणाम अस्विकार गरेपनि पद हस्तान्तरणको विधिलाई स्वीकार गर्ने वताएका छन् ।
जर्जियामा भएको सिनेटरहरुको निर्वाचन परिणाम आफ्नो हातमा परेपछि अमेरिकी जनतालाई उपलव्ध गराउने २ हजार डलरको राहत चेक योजना प्राथमिकतामा परेको छ । डेमोक्रेटिक सिनेटरहरुले यसलाई कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । यसअघि यसलाई डेमोक्रेटिकहरुको बहुमत भएको तल्लो सदनले पास गरेपनि रिपब्लिकनहरुको बहुमतका कारण मथिल्लो सदनमा अस्विकार गरिएको थियो । अब मथिल्लो सदन पनि डेमोक्रेटहरुको नियन्त्रणमा रहेकोले यसलाई कार्यन्वयन गर्न अप्ठ्यारो हुनेछैन ।
About Bhuban kc