पिउन पल्केकाहरु राती राती वा लुकेर भएपनि रक्सी किन्न आफैं दोकानमा पुग्छन
काठमाडौं-पुर्वमन्त्री एवम नेकपा स्थायी समिति सदस्य योगेश भटट्राईले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई रक्सी पसलको संज्ञा दिएका छन ।
मंगलवार काठमाडौंमा प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलामा सहभागिहरु पत्रकारहरुको माझ भटट्राइले यस्तो अभिव्यक्ति दिएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना अगाडि गरेको प्रतिनिधिसभा बिघटनको कदम प्रतिगमनकारी भएको भन्दै यस्का बिरुद्धमा पत्रकारहरुले अझ दरो गरी खवरदारी गर्नुपर्ने बताए ।
आधिकारिक नेकपा आफुहरु नै भएको र इमान्दार नेतालगायत कार्यकर्ताहरु पनि यही मुलधारमा रहेको उनले दावी गरे ।
तपाईंहरु तुलाना गर्नुहोस ‘हामी भनेको दुध बेच्ने मेहनेति किसान हौं, जसरी किसानले बिहानै उठेर गाई गोठको धन्दा गर्छ र घरघरमा दुध पुरर्याउँछ ।’
अहिले हामी त्यसरी नै पार्टी संगठन निर्माणको काममा लागेका छौं र तपाईहरुको घरघरमा आइरहेका छौं भटट्राइको तर्क छ ।
किसानले घरघरमा दुध पुरर्याएको झै गरी मेहेनतका साथ संगठन निर्माणमा लागेका छौं । यसो गर्दा हामीलाई केही समय दुख पनि हुनसक्छ उनको भनाई थियो ।
जसरी किसान रात दिन नभनिकन दुख गरिरहेको हुन्छ र उत्पादन गरेको दुध पनि घरघरमा नै पुर्याउनु पर्छ ।
तर बालुवाटारमा बसेकाहरुले रक्सी पसल खोलेका छन । रक्सी बेच्नको लागि कुनै धेरै मिहेनत आवश्यक नै पर्दैन ।
किनभने पिउन पल्केकाहरु राती राती वा लुकेर भएपनि रक्सी किन्न आफैं दोकानमा पुग्छन । अहिले बालुवाटारको स्थिति पनि त्यही हो उनले भने । साँझ बिहान त्यहाँ पुगिरहेकै छन ।
त्यससकारण मेहेनत गरेर खाने भन्दा पनि बिना मेहेनत खान पल्केका र अवसरबादीहरु केही समय यसरी नै रमाउने छन ।
ओलीको बास्तविकता उजगार भइसकेको छ । जनताले बलिदान गरेर ल्याएको लोकतन्त्रको घाँटी निमोठने काम दिनदहाडै भइसकेको छ ।
ओलीको बाँकी उजगार रहेको वास्तबिकता बाहिर आइसकेपछि उनीहरुले स्वत हामीहरुतिर आउनेछन भटट्राईको भनाई छ ।
यसैगरी सोहि कार्यक्रममार्फत पत्रकार तथा नागरिक समाजका अगुवा नारायण वाग्लेले नेकपाका नेताहरु समक्ष राजनीतिक प्रतिवद्धता सहित बडापत्रको माग अगाडि सारेका छन ।
कार्यक्रममा बेल्दै उनले नेकपाका अध्क्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति भोलिका दिनमा पनि यस्तै गल्ती नहुने र नदोहोरर्याने गरी बडापत्र सार्वजनिक गर्न भनेका छन । त्यसपछि मात्र नागरिक समाज र नेपाली नागरिकलाई थप बिस्वास गर्नेछ ।