आर्मी र पुलिसबीचको फुटबल खेल हेर्नुहोस् तस्बिरमा

 


  • केशब गुरुङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल सुरु भएको छ । आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १२औँ मिनेटमा आर्मीकी सपना लामाले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट बञ्चित भएको थियो ।

यस्तै, ३१औँ मिनेटमा निरु थापाले गोल गर्ने अर्को अवसर गुमाइन् । खेलको अन्त्यसम्म आर्मीले गोल गर्ने थुप्रै अवसरहरु पाए पनि गोलमा परिणत भने गर्न सकेन ।

बराबरीसँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

खेलको म्यान अफ द म्याच पुलिसकी पूजा राणा भइन् । उनले ट्रफीसहित रु पाँच हजार प्राप्त गरिन् ।

बिहीबार एन्फा कम्प्लेक्समा विभागीय टोली एपिएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc