बुटवल, १२ असार । बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन् । १ बर्ष अघि गो–गो रोवर्ट बनाएका उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाएका हुन ।
बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले बनाएको यो रोवर्टलाई “लबकुश मार्स रोवर्ट” नाम दिइएको छ । मार्स भन्नाले मंगल ग्रहमा हिड्ने रोवर्ट भनेर बुझिन्छ । मंगल ग्रहमा हिड्ने रोवर्टबाटै प्रभावित भएका जुम्ल्याहा दाजुभाई लवकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन ।
यो रोवर्टले नेपाली भाषा बुझेर नेपालीमै जस्तो पनि जवाफ दिन सक्छ । बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय बाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन ।
यस अघि उनीहरुले बनाएको गो–गो रावेर्टले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोवर्ट नेपाली भाषामा बोल्ने मात्र हैन मान्छे समेत चिन्ने गर्दछ । “हामीले बनाएको यो रावेर्ट पहिलेको गो–गो रावर्ट भन्दा धेरै फरक छ, यसको बनोट मात्र हैन, यसले गर्ने हरेक गतिविधि फरक छ” युवा बैज्ञानिक लव पन्थी भन्छन्–“यसले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउन सक्छ ।
रोवर्टमा पाईथम प्रोग्राईमिङ ईन ल्याङवेज द्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरीएको छ । त्यस बाहेक रोवर्टमा हाईभोल्टेज मोटरहरु, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ । यो रोवर्टलाई जुम्ल्याहा दाजु भाई लवकुश पन्थीले भर्खर मात्र उद्योग विभागमा दर्ता पनि गराएका छन् ।
नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोवर्ट भन्दै उनीहरुले उद्योग विभागमा प्याटन दर्ता गरेका हुन । “यो प्याटन गर्दा गरेपछि कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोवर्ट भनेर दावा गर्न पाउँदैन् यदि दावा गर्ने कोही भए विभागले हाम्रो रोवर्टलाई अवलोकन गर्छ” लवले भने ।
नेपाली भाषामा बोल्ने रोवर्टले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरु पत्ता लागउने, शव्दहरु उच्चारण गर्न समेत गर्दछ । त्यति मात्र हैन यो रोवर्ट गुड्न पनि सक्दछ । “यो रोवर्टमा हामीले पांग्राको मद्दतले हिड्ने गराएका छौ । तोकिएको समय सेट हुन साथ उ आफै हिड्न सक्छ” उनले भने–“त्यसैले पनि यो रोवर्टलाई सपिङ महल, बैंकमा सेक्युरिटीको रुपमा राख्न सकिन्छ ।” कक्षा २ मा पढ्दै गर्दा रोवर्ट बनाउने सपना देखेका उनीहरुले १ बर्ष अघि मात्र गो–गो रोवर्ट बनाएका थिए ।
२ बर्षको मेहनतमा गो–गो रोवर्ट बनाएका उनीहरुले सवैको सल्लाह सुझाव अनुसारनै रोवर्टलाई परिमार्जन गरेको रोवर्टका अर्का युवा बैज्ञानिक कुश पन्थीले बताए । “गो गो बनाएपछि धेरै हामी माथी सवैले चासो राख्नुभयो, प्रदेश नं. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत भेटेर हौसल्लाह दिनुभयो, त्यहि अनुसार हामीले यसलाई परिमार्जित गर्न सक्यौ” उनले भने । गो गो रोवर्ट निर्माण पछि बुटवल उपमहानगरपालिकाको १ लाख रुपैया समेत सहयोग गरेको थियो ।
“बुटवल उपमहानगरपालिकाले दिएको १ लाख रुपैया र त्यसमा थप हामी आफैले ४ लाख रुपैया गरी कुल ५ लाखको लगानीमा यसलाई तयार गरेका हौ” उनले भने । १६ बर्षिय जुम्ल्याहा दाजुभाईले नेपाललाई रोवर्टको देश भनेर चिनाउने गरी रोवर्टलाई अझै बढि अपडेट गर्दै लैजाने योजना बनाएका छन् ।
त्यति मात्र हैन् मुख्यराजमार्गमा गर्मीमा जुस र जाडोयाममा कफि विक्रि गर्ने योजना उनीहरुले बनाएका छन् । त्यसको अनुमतिका लागि स्थानिय तह र प्रदेश सरकारलाई पत्र समेत पठाएका छन् । “सडकमा रोवर्टको माध्यमबाट जुस, कफि विक्री गर्ने योजना हामीले अब बनाएका छौ” कुशले भने–“यसो गर्न सकियो भने प्रदेश सरकारले सारेको लुम्बिनी भ्रमणको समेत प्रचार प्रसारमा टेवा पुग्नेछ ।”
परिबार बाट कस्तो सहयोग छ भन्ने जिज्ञासामा उनले परिबारकै सहयोगकै कारण रोवर्टलाई परिमार्जित गर्दै लगेको उनले बताए ।“दिमाग हामीले लगायौ, लगानी घरबाटै भयो, हौसला प्राप्त भयो, अनि बल्ल रोवर्ट सम्भव भयो” उनले भने । गो गो रोवर्ट बनाएपछि उनीहरु कपिलबस्तुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बाट सम्मानित, बुटवलमा भएको क्यान ईन्फोटेक, नवलपरासी लगाएका स्थानमा सम्मान समेत प्राप्त गरेका छन् ।
देशभित्र रहेको यस्ता बैज्ञानिक विद्यार्थीहरुलाई राज्यका निकायले खोजी गर्नु जरुरी छ । यसो गर्न सके युवा बैज्ञानिकले नयाँ नयाँ आवश्किार गर्दै देशको नाम विश्वभर चिनाउनेछन् । त्यसैले राज्यका निकायले यस्ता बैज्ञानिकलाई प्रोत्साहन गर्न केही योजना ल्याउने हो कि ?