‘संविधान विपरीत मनमानी काम गर्ने ओलीको हालत ट्रम्पको झैं हुन्छ’

 

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको जस्तै हुने चेतावनी दिएका छन् । जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने बताए ।

उनले भने, “जाँदाजाँदै ट्रम्पमाथि जसरी महाअभियोग लाग्यो, भोलि नेपालमा पनि असंवैधानिक तरिकाले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री दुबै जनाविरुद्ध यस्तो नहोला भन्न सकिन्न ।”

प्रधानमन्त्री ओलीले धेरै झुठ बोलिरहेको अध्यक्ष यादवको आरोप छ । उनले भने, “ शुरुमा संविधान अनुसार नै संसद विघटन गरेको बताउने ओलीले असंवैधानिक चर्चा हुन थालेपछि राजनीतिक निर्णय गरेर विघटन गरेको बताउनुले उनको असंवैधानिक कदमको स्वीकारोक्ती हो ।”

यादवले संसद विघटनलाई सदर गराउन प्रधानमन्त्रीले सर्वोच्चलाई धम्क्याउने काम गरिरहेको बताउँदै प्रधानमन्त्रीको कदम सदर भए देशमा राजनीतिक अन्यौलता र संकट उत्पन्न हुने बताए । सर्वोच्च अदालतले सही निर्णय गर्ने उनको विश्वास थियो ।


यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc