चिकित्सक भन्छन्,‘नयाँ प्रजातिकाे कोरोना पहिलेकोभन्दा कम खतरनाक, संक्रमणको दर तीव्र’

 


सञ्जय श्रेष्ठ

काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरसको नयाँ प्रजाति (युके भेरिएन्ट (बी–११७) पहिलेको (कोभिड–१९) भन्दा कम खतरनाक भएको बताएका छन् । बेलायतमा भेटिएका कोरोनाको नयाँ प्रजातिको भाइरस नेपालमा पनि हालै पुष्टि भएको छ । विश्वका ६० भन्दा बढी मुलुकमा यो भाइसर फैलिसकेको विश्व स्वास्थ्य संगठन बुधबार बताएको छ ।

कोभिड–१९ एक व्यक्तिमा लाग्दा अर्को तीन जनालाई संक्रमण गर्ने क्षमता राख्ने भएपनि अहिले भेटिएको नयाँ भाइरसले तीव्र रुपमा फैलन सक्ने क्षमता राख्दछ । अहिलेको भाइरस एक व्यक्तिमा संक्रमण हुँदा अर्को कति जनालई संक्रमण गर्न सक्छ ?, भन्ने कुरा पत्ता लागिनसकेको जनस्वास्थ्य विज्ञ डा.खेम कार्की बताउँछन् । यो नयाँ भाइरसको संक्रमण गर्ने क्षमता बढी भएपनि कम खतनारक छ, उनले भने ।

नयाँ प्रजातिसँगै नेपालमा पछिल्लो समय कोरोना भाइरसको दर बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणदर कम भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर पछिल्लो समय संक्रमणदर बढ्न थालको डा.सविन थपलिया बताउँछन् ।

डा.थपलियाकाअनुसार पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । उनले अहिले यो तथ्याङ्क केही मात्रामा बढ्न थालेको बताए । तर यो तथ्याङ्क बढेको हो या परीक्षण बढेको भन्ने विषयमा चाहिँ अनुसन्धन गर्नु पर्ने उनी बताउँछन् ।

अहिले सरकारी अस्पतालहरुले कोरोना उपचारको लागि छुट्याइएको शय्याहरु सामान्य अवस्थामा आउने बिरामीको उपचार गर्न प्रयोग गर्न थालिसकेका छन् । उनीहरुले कोरोनाको लागि केही शय्याहरु मात्र छुट्याएर उपचार गरिरहेका छन् ।

त्यस्तै अहिले निजी अस्पतालहरुले पनि कोरोना उचारको लागि थोरै मात्रामा शय्याहरु छुट्याउन थालेका छन् । निजी अस्पतालहरुमा पनि कोरोना संक्रमित केही मात्रामा बढ्न थालेको डा. थपलियाले बताए ।

अहिले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति फेला परिसकेको छ । बेलायतबाट आएको तीन जना (एक जना महिला र दुई जना पुरुष)मा उक्त भाइरस भेटिएको मन्त्रालयले जनाएको छ । बेलायतमा भेटिएको उक्त भाइरस खतराक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बेलायतबाट नेपाल आएका तीन जना व्यक्तिमा उक्त भाइरस भेटिएको हो । कोरोनाको नयाँ प्रजाति पहिलेकोभन्दा ७० गुण छिटो फैलन सक्ने वैज्ञानिकहरुले बताएका छन् । संक्रमणको हिसावले यो खतनाक भएपनि जोखिमको हिसावले यो भाइरस पहिलेकोभन्दा कम भएको डा कार्कीले बताउँछन् ।

तर जनस्वास्थ्यको मापदण्ड भने उत्तिकै मात्रामा प्रयोग गरिनु पर्ने उनी बताउँछन् । अहिलेसम्म नयाँ प्रजातिको भाइरसको जोखिम क्षमता कति हो ? भन्ने यकिन नभएपनि पहिलोको तुलनामा यो कम जोखिम भएको उनले बताए ।

नेपाल नयाँ प्रजातिको भइरसको संक्रमणको खतरामा रहेको डा.थपलिया बताउँछन् । उनले अहिले नेपालमा तीन जनामा यो भाइरस भेटिसकेको अवस्थामा झनबढी संक्रमणको खतरा भएको बताए । तर नयाँ प्रजातिको भाइरस भेटिएपनि उपचार र सुरक्षाको विधि भने उही रहेको थपलियाले बताए ।

नयाँ प्रजातिको भाइरस संक्रमण कम गर्न के–के गर्न सकिन्छ, भन्ने विषयमा भने सरकारले केही तयारी गरेको छैन । सरकारले अहिले विभिन्न कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ल्याउने तयारी भने गरिरहेको छ ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc